नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार बस्ने भएको छ ।
सोमवार अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।
आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएको २३६ सदस्यीय केन्द्रीय समितिको नामलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।









तपाईको प्रतिक्रिया