नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ ।
सोमवार बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई पुनः चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन भने गर्न सकेन ।
सर्वसम्मत अध्यक्षमा चयन हुनुभएका अध्यक्ष दाहालले सम्बोधन गरेलगत्तै केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।
माओवादीमा पदाधिकारीको आकांक्षी धेरै भएपनि सन्तुलन मिलाउन सकस देखिएको छ । विशेषगरी महासचिवमा सहमति नजुट्दा सोमवार पदाधिकारी चयन हुन नसकेको बताइएको छ ।
महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको दाबी रहेको छ । महासचिवका दाबेदार पुन उपचारका क्रममा चीनमा रहनुभएको छ । उहाँ मंगलबार स्वदेश फर्किनुहुने तय भएको बताइएको छ । पुनकै सहभागीतामा पदाधिकारी छानिने अध्यक्ष दाहालले जानकारी गराउनुभएको थियो । ‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, अध्यक्ष दाहालको भनाइ थियो ।









तपाईको प्रतिक्रिया