रेलमार्ग निरिक्षण
जनकपुरधाम । भारतीय रेलवे बोर्डका कार्यकारी निर्देशक डा. मनोज सिंहले रेल सञ्चालनको सम्पूर्ण तयारी भइसकेको बताए ।
जनकपुधामस्थित जनकपुरधाम रेल्वे स्टेशनमा भारतीय रेलवे बोर्डका कार्यकारी निर्देशक सिंह सहितको टोलीले जयनगर–कुर्था रेलमार्गको निरिक्षण गर्न आउने क्रममा सो निर्देशक सिहले सो कुरा बताएका हुन् ।
भारतबाट रेलमार्ग हुँदै सो टोली नेपाल प्रवेश गरेको थियो । निरीक्षण टोलीमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झा, भारतीय रेल्वे कम्पनी कोंकनका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
