जनकपुरधाम । प्रदेश २ को जनकपुरधामस्थित बाह्र बिघा (रंगभूमि) मा पहिलो पटक इन्डो–नेपाल रेसलिङ्ग (कुस्ति) प्रतियोगिता हुन गइरहेको छ ।
जिरोमाइल युवा कमिटी, आर.इ.डब्लू.एफ.एफ.डब्लू., नेटवर्कको संयुक्त आयोजना हुन गइरहेको रेसलिङ्ग प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरुको सहभागिता रहने रेसलिङ्ग भारतीय टोली आरइडब्लूका प्रबन्धक शुसान्त शर्मा जानकारी दिनुभयो ।
यहि पुस २४ गते शनिबार हुने प्रतियोगितामा नेपाल र भारत दुई देशका २० जना खेलाडीहरुको सहभागिता रहने कमिटीका अध्यक्ष शंकर मिश्रले बताउनुभयो ।
प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने छ भने रु.३००/५०० प्रति टिकट को मुल्य हुनेछ । टिकट प्रभु एपबाट पनि लिन सकिने व्यहोरा आयोजकले जनाएको छ ।









तपाईको प्रतिक्रिया