काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताइन् ।
यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो ।
नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।









तपाईको प्रतिक्रिया