जनकपुरधाम । प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेश आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ ।
आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो ।
मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई रु ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले सोमबार आयोजना गरेको लोकेन्द्र स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले आयआर्जनमा सहयोग पुर्याउने उदेश्यले यो रकम प्रदान गरिने बताउनुभयो । उहाँले, मधेश आन्दोलनका घाइतेलाई पनि रकम प्रदान गरिने बताउनुभयो । उहाँले, घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय रहेको जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया