काठमाडौं । नेपालले अफगानिस्तानलाई करिब १४ टन सहायता सामग्री उपलब्ध गराउने भएको छ ।
परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्री सहित काबुल प्रस्थान गरेको छ ।
काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायत सामग्री नेपालले सहयोग गरेको जानकारी दिए । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए ।
सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने छ ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।









तपाईको प्रतिक्रिया