काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामदित सुरक्षाको दृष्टिकोणले निषेधित गरिएका सामान नष्ट गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र भन्सार कार्यालयका प्रतिनिधिहरुको रोहवरमा शनिबार सो सामान नष्ट गरिएको हो ।
नष्ट गरिएको सामानमा व्लेड, कैची, अचार, लाईटर एवं कतार देश पठाउन प्रतिबन्धित गरिएको सुर्तीजन्य पदार्थहरु रहेका थिए ।
सो पदार्थ २०७८/०७/२८ गतेदेखि हालसम्म अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड÷ ह्याण्ड ब्यागेज एरियामा सुरक्षा खानतलासीको क्रममा बरामद गरिएको थियो ।









तपाईको प्रतिक्रिया