सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल समेत गर्नुभएकाे थियाे ।









तपाईको प्रतिक्रिया