जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कुलतको समस्यालाइ निराकरण गर्न मधेश प्रदेशको बीच क्षेत्रमा सुधार गृहको निर्माण हुन लागेको बताए ।
महोत्तरी जिल्लास्थित गौशाला नगरपालिका क्षेत्रमा बिहीबार एक कार्यक्रमका बिच मन्त्री साहले शहिद शेखर स्मृति सुधार गृह शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै लागु औषधको समस्यालाई निराकरण गर्न मधेश प्रदेशको मध्ये भाग महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकाको वडा नं.८ बेल्गाछीमा गृहको निर्माण गर्न लगेको बताएका हुन् । उनले,‘कुलतमा फसेका युवाहरुलाई सुधार्ने लक्ष्यमा साथ यस गृहको निर्माण हुन लागेको बताएका हुन् । मधेस प्रदेशमा लागु औषधको ओसारपसारको बिगबिगी छ जसरले गर्दा समाजमा विद्यमान समस्याहरु सिर्जना उत्पन्न भइरहेको । भोलिका दिनमा विकराल परिस्थिति आउन नदिनका लागि सुधार गृह निर्माण गर्न लागिएको मन्त्री साहको भनाई छ ।
सोही दिन मन्त्री साहले प्रदेश सरकारको लगानीमा वडा नं ६ फुलकाहास्थित मा.वि. भेडीयाही फुलकाहाको भवनको शिलान्यास गरेका हुन् ।
पालिकाको वडा नं. स्थित सोनी खोला किनारमा प्रदेश सरकारको ८४ लाख ४ हजार १ सय ४४ रुपैयाँको लगानीमा सुधार गृहको निर्माण हुन लागिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका ईन्जिनियर जितेन्द्र महराले जानकारी दिएका छन् । उनले असार मसान्त सम्ममा निर्माण कार्य सम्पन्न हुने जानकारी समेत दिएका छन् ।
यसैगरी वडा न.६ फुलकाहा स्थित २० लाखको लागतमा प्रदेश सरकारको लगानीमा मा.वि. भेडीयाही फुलकाहाको भवन निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।









तपाईको प्रतिक्रिया