TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्थानीय निर्वाचनका लागि कार्यविधि र निर्देशिका अन्तिम चरणमा, आइतवारदेखि दैनिक प्रेस ब्रिफिङ


प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगे
ADVERTISEMENT

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको तयारीको कामलाई तीव्र पारेको छ ।


आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन नियमावली अनुसार आन्तरिक गृहकार्यलाई तीव्र पारेको आयोगले जनाएको छ । मतदाता नामावली संकलनलाई रोकेर त्यसलाई अद्यावधिक गर्ने काम गरिरहेको आयोगले निर्वाचनका लागि चाहिने सामान्यदेखि संवेदनशील गरी करिब ६० प्रकारका सामग्री खरिदको तयारी थालेको छ । त्यसका लागि बजेटलाई अन्तिम रुप दिन लागिएको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना र जिल्लाहरुमा जनशक्तिको विवरण लिने काम समेत गरिहेको जनाएको छ । अहिले भइरहेका सबै कामहरु पूरा गरी एकसाता भित्र निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगको भनाइ छ । अहिले स्थानीय निर्वाचनका लागि कार्यविधि र निर्देशिकाको काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अन्तर्गत कार्यविधी, बजेट तर्जुमा, दल दर्ता, मतदाता नामवली, उम्मेदारी दर्ता, निर्वाचन अधिकृत नियुक्ति लगायतका विषय समेटिनेछन् । यसपटकको निर्वाचनमा करिब एक करोड ८० लाखभन्दा बढी मतदाता रहने आयोगको अनुमान छ ।

आइतवारदेखि निर्वाचनबारे दैनिक प्रेस ब्रिफिङ

निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचन सम्बन्धी तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा दैनिक जानकारी दिने तयारी गरेको छ । आयोगले मिडिया सेन्टरमा हरेक दिन अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे दैनिक रुपमै ब्रिफिङ गर्ने तयारी गरेको हो । आयोगका उपसचिव कमल ज्ञवालीले आज जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको छ ।

आयोगले आसन्न स्थानीय निर्वाचनबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गर्दै यस्तो तयारी गरेको हो । यस्तै आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका मतदाताहरूले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

आयोगको आजको बैठकले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेका मतदाताले मतदानमा सहभागी हुन पाउने निर्णय गरेको हो । सो मितिमा १८ वर्ष पुगेकाहरुलाई परिचयपत्र २७–२८ गतेमात्रै वितरण गर्ने तयारी छ । यसअघि निर्वाचन घोषणा भएको मितिलाई कटअफ डेट मानेर निर्वाचनमा सहभागी गराउने गरेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (माघ २९ गते शनिबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य