सर्लाही, २ फागुन । बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एकजना वृद्धको मृत्यु भएको छ । स्थानीय ६६ वर्षीय राम आशिष साहको आज बिहान २ बजेतिर आफ्नै घरको आँगनमा आगोले जलेर मृत्यु भएको हो।
वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाए पनि उनलाई भने बचाउन सकेनन्। राति घरमै सुतेका वृद्धको शरिरमा कसरी आगो लाग्यो? भन्नेबारे केही खुल्न सकेको छैन्। मृतकका दुई छोरा बरहथवा स्थित काठ चिरान मिलमै बसेको बुझिएको छ। वृद्धसँगै परिवारका अन्य सदस्यहरु घरमै सुतिरहेका थिए।
घटनाबारे इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया