सप्तरी, २ फागुन । छुट्टा–छुट्टै जिल्लाबाट लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केही स्थानीयको अवरोधका बीच सप्तरी प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका सप्तरीको राजगढ गाउंपालिका–१ झुटकीका २४ वर्षीय शिवशंकर यादवमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । अघिल्लो दिन शनिबार राती पक्राउ परेका यादवलाई आईतबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिए पनि मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा विदा दिएको कारण सोमबार मात्र उपस्थित गराउने डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार विशेष सूचनाको आधारमा पुगेको प्रहरीले यादवको घरको शौचालयको छेउमा लुकाई राखिएको कालो झोलामा प्रतिबन्धित लागुऔषध फेनारगन ९७ एमपुल र डाइजेपाम ९९ एमपुल बरामद गरेको थियो । उक्त बरामद लागु औषधसहित यादवलाई पक्राउ गरी ल्याउन खोज्दा स्थानीयवासीहरुले अवरोध गरेका थिए । प्रहरीलाई अवरोध गरेको खबर आएपछि राती नै थप प्रहरी पठाई यादवलाई ल्याइएको डिएसपी काफ्लेले बताए । उनले अपराधीलाई कसैले पनि संरक्षण र प्रोत्साहन नगर्न आग्रह समेत गरेका थिए ।









तपाईको प्रतिक्रिया