बैतडी, फागुन ३ । नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।चार दिनदेखि बन्द रहेको बैतडीको झुलाघाट नाका आजदेखि खुलेको छ ।
भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।
बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
उनका अनुसार निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा नाका बन्द गरिएको थियो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो।









तपाईको प्रतिक्रिया