सिन्धुपाल्चोक, फागुन ३ । प्रतिबन्दित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। कमलामाई नगरपालिका–४ खहरे खोलाबाट ६८.४८२ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१ ओखलेका ४३ वर्षीय कालु ब्लोन, १९ वर्षीय कृष्णबहादुर ब्लोन र मरिण गाउँपालिका–७ देवसरा बस्ने बहादुर गोले रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरूलाई फागुन १ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले कालु र कृष्णबहादुरले टाउकोमा एक९एकवटा बोरा बोकी पञ्चकन्या वनतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए। बोरासमेत खानतलासी गर्दा कालुको साथबाट एक थान मोबाइल र २२ हजार रुपैयाँ बरामद भएको उनले जानकारी दिए। बोराभित्र चारवटा इँटा आकारको प्लाष्टिकले बेरी प्लाष्टिकको डोरीले बाँधेको लागूऔषध गाँजा बरामद गरिएको उनको भनाइ छ।
कृष्णबहादुरको साथबाट एक थान मोबाइल, उनले बोकेको पहेँलो रङ्गको प्लाष्टिकको बोराभित्र तीनवटा इँटा आकारको प्लाष्टिकले बेरिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।उनीहरूबाट बरामद गरिएको गाँजा तौल गर्दा कालुको साथबाट २०.३४ केजी र कृष्णबहादुरका साथबाट १६.२७ केजी गाँजा बरामद भएको उनले जानकारी दिए। उनीहरूलाई सोधपुछ गर्दा कालुले अरू थप लागूऔषध गाँजा आफ्नो भान्जा नाता पर्ने जिल्लाबहादुरसँग छ भनेपछि बहादुरलाई पक्राउ गरिएको उनले बताए। रासस









तपाईको प्रतिक्रिया