प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ । आइतबार दिउँसो १ बजे बस्नेगरी संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको छ । प्रधानमन्त्री देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमै एमसीसी पास गर्न नहुने पक्षमा छन्। सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।
नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले भने एमसीसीलाई संसद्मा टेबल हुन नरोक्ने निर्णय गरेको छ। आजै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्। बैठक संसद भवनमै बिहान ११ः३० मा बस्नेछ। बैठकपछि संसदको दैनिक कार्यसूची परमार्जन हुन सक्ने सम्भावना रहेकाे छ।









तपाईको प्रतिक्रिया