TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ


बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ
ADVERTISEMENT

मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ ।


प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘हत्यामा संलग्न रहेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा नाङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो विद्यालय आउ–जाउ गर्ने गर्थे । बुधबार पनि उनी सोही बाटो भएर विद्यालय गएकी थिइन् ।

बिहान साथीहरूसँग विद्यालय गएकी उनी साँझ फर्किने बेलामा ढिलो भयो । दिउँसो ४ बजेतिर एक्लै विद्यालयबाट घर जाँदै थिइन् । जब जंगलको बिचमा उनी पुगेकी थिइन् । उनको पछि लाग्दै आएका गिरीले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । ‘जंगलमा बालिकाको पछि लाग्दै गएका ६३ वर्षीय गिरीले बालिकाको बलात्कारपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँदै भागेपछि नियन्त्रणमा लिएर हत्या गरेको पाइएको छ’, एसपी जिसीले भनिन्– त्यसमा संलग्न व्यक्तिले बालिकाको हत्यापछि शवलाई खोल्सी हालेर माथिबाट ढुंगाले थिचेको स्वीकार गरेको छ ।’ मंगलबारे स्कुलबाट बालिकाको घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । हत्यामा संलग्न रहेका गिरीको घरदेखि गाउँसम्म पुग्न सबै जंगल मात्र पर्ने भएकाले त्यसको मौका छोपी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य