आइतवार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
देशमा हाल पश्चिमी न्यूनचापीय वायुकाे सामान्य प्रभाव रहेकाे महाशाखाले जनाएकाे छ ।









तपाईको प्रतिक्रिया