TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मध्यमा परिक्रमा आज कल्याणेश्वर पुग्ने


मध्यमा परिक्रमा आज कल्याणेश्वर पुग्ने

file photo

ADVERTISEMENT

मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीमा रहेको मठबाट मिथिला बिहारीको डोला बाजागाजा तथा सयौं परिक्रमा यात्रीका साथ विहीबार जनकपुर आएसंगै मध्यमा परिक्रमा प्रारम्भ भएको हो ।


जनकपुरधाम स्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म परिक्रमा चल्नेछ । नेपालकै सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा अन्र्तगत नेपाल र भारतको विभिन्न ठाउँका श्रद्धालु भक्तजनहरु घरबाटै भोजन र वासको व्यवस्थाका साथ परिक्रममा सहभागी हुने गरेका छन् ।

विहीबार कचुरीबाट निस्केको परिक्रमाका यात्रीहरु जनकपुरधामको हनुमाननगरमा रहेको हनुमानगढीमा विश्राम गर्ने परम्परा रहिआएको छ । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर शुक्रबार भारतको कल्याणेश्वर पुगेर परिक्रमाको लागि संकल्प लिइ अगाडि बढेपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात भएको मानिन्छ ।

नेपालको विभिन्न भागको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १ सय ३३ किलोमिटरको यस परिक्रमा यात्रामा नेपाल भारतका सयौं यात्रीहरु स्वःस्फूर्त रुपमा सहभागी हुने गरेका छन् । पछिल्लो दुई वर्षदेखि कोरोना भाइरसको कारण मिथिला मध्यमा परिक्रमा नराम्ररी प्रभावित हुँदै आएको थियो ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटियानी , जलेश्वर, मडै, ध्रुबकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने जनाइएको छ । पुनः भारतको करुणा, विसौल लगायतका धार्मिक स्थल हुँदै १४ औं दिनमा जनकपुरधाम पुगेर अन्र्तगृह परिक्रमा पश्चात समापन हुने गरेको छ ।

त्रेता युगमा भगवान राम तथा माता सीताले होली खेलेको स्मरणमा कञ्चनवनमा विशेष होली महोत्सवको आयोजना हुने गरेको छ । मिथिला महात्ममा उल्लेख भए अनुसार मिथिलामा वृहत, मध्यमा र अन्तगृह सहित तीनवटा परिक्रमा हुने गर्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीलेद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य