काठमाडौं, फागुन २० । नेपाल बैंक लिमिटेडले रिक्त रहेको दरबन्दीमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८/७९ को स्वीकृत दरबन्दीको आधारमा दरखास्त आह्वान गरेको जनाएको छ।
बैंकले सहायक प्रबन्धक‚ सहायक र कनिष्ट सहायक पदका लागि दरखास्त माग गरेको छ। ती कर्मचारीहरू केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका शाखाका कार्यालयहरुका लागि माग गरिएको सूचनामा जनाइएको छ।
दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत भर्न सकिने बैंकले जनाएको छ। सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको छ।










तपाईको प्रतिक्रिया