चितवन, फागुन २०। नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको विहीबार डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकास चौक बस्ने विमल गौतमका छोरा १० वर्षीय विदान गौतम र परिचय नखुलेका अर्का अन्दाजी १२ वर्षका बालक रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहीबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेका थिए।
डुबेको अवस्थामा फेला पारी स्थानीयको सहयोगमा उनीहरूलाई भरतपुर अस्पतालमा ल्याइएकोमा चिकित्सकले २ः३९ बजे मृत घोषणा गरेका थिए।









तपाईको प्रतिक्रिया