काठमाडौं, फागुन २२ । ललितपुरमा जुवाको खालबाट ३ लाख ८५ हजार सहित २४ जना पक्राउ परेका छन्।
ललितपुरको माहालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखा स्थित एक बहादुर रानाको टहराभित्र भित्र तास खेलाई रहेको सूचनाका आधारमा ललितपुर प्रहरीले गएराति २४ जनालाई नियन्त्रमा लिएको ललितपुर प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जनाकारी दिए।
प्रहरीले त्यहाँबाट ८ बुक तास र ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँसहित २४ जनालाई नियन्त्रणमा लिएको महर्जनले बताए।









तपाईको प्रतिक्रिया