TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाली कांग्रेस सर्लाहीमा नेतृत्व चयनका लागि आज मतदान


नेपाली कांग्रेस सर्लाहीमा नेतृत्व चयनका लागि आज मतदान
ADVERTISEMENT

सर्लाही, फागुन २३ । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारीसहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ। जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन्।


जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका छन्।

उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको छ भने संस्थापन इतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको छ। सहदुल्ला क्षेत्र नं. १ प्रदेश ख बाट प्रदेश सभा सदस्यका प्रत्यासी थिए भने क्षेत्र नं. २ का डा. सरोज जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन्। त्यस्तै क्षेत्र नं. ३ अन्तर्गत बरहथवा निवासी अधिकारी हालका जिल्ला सचिव हुन् भने क्षेत्र नं. ४ का पप्पु तत्कालिन जिल्ला सचिव हुन्।

यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको छ। त्यसैगरी सहसचिवमा संस्थापन पक्षबाट ईन्द्र योञ्जन र मनोज कुमार कुशवाहा तथा संस्थापन ईतरबाट दिनेश मिश्र र सूर्य खड्काले उम्मेद्वारी दिएका छन्। सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

३ हजार दुईसय ८५ मतदाता रहेको जिल्लामा विहान ९ बजेदेखि ५ बजेसम्म सदरमुकाम मलंगवास्थित पब्लिक माविमा हुने निर्वाचन समिति सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिए।

हाल दुवै पक्षले घरदैलो सहित व्यापक प्रचारप्रसार गरिरहेका छन्। गाउँगाउँका नेता एवं नेतृत्व चयनका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरुको घर–घरमा दुवै प्यानलका नेताहरु सहित गाडीको लावालस्कर लाग्ने गरेको छ।

नेकपा एमाले, माओवादी केन्द्र लगायत ठूला कम्युनिष्ट पार्टीहरूको प्रदेश स्तरीय अधिवेशन नै गुपचुपमा नेतृत्व चयन गरेर सकिने भएपनि कांग्रेसको भने वडा तहको अधिवेशन देखि नै नेतृत्व चयनमा प्रतिष्पर्धा एवं ठूलै तामझाम हुने गरेको छ।

जिल्ला अधिवेशन भएपछि फागुन २९ देखि ३० गतेसम्म पालिकाको अधिवेशन गर्ने सहमति भएको छ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विद्यार्थीलाई जबरजस्ती गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

ब्राउन सुगर र पेस्तोलसहित ३ जना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य