जनकपुरधाम । मधेश प्रदेशको भ्रमणमा आएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज प्रदेश फर्किएका छन् ।
जनकपुरधाम–पोखरा हवाई सेवा सञ्चानलपछि तीन दिवसीय मधेश भ्रमणमा रहेको मुख्यमन्त्री पोखरेल सोमबार प्रदेश फर्किएका हुन् ।
मधेश भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेलले जनकपुरधामको जानकी मन्दिर, रेल्वे स्टेशन, धनुषाधाम, महोत्तरीको टुटेश्वरनाथ, सर्लाहीको मानव निर्मित नेपालकै सबैभन्दा ठूलो भरत ताल, पर्सा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रको भ्रमण गरेका हुन् ।
हवाई कनेक्टिभिटी अन्तर्गत शनिवारबाट जनकपुरधामदेखि पोखरासम्म सिधा हवाई सेवा शुभारम्भ भएपछि पोखराबाट आएको पहिलो फलाईटमा मुख्यमन्त्री पोखरेले १८ जनाको टोलीसहित मधेश भ्रमणमा आएका थिए ।









तपाईको प्रतिक्रिया