जनकपुरधाम । हरिवनमा प्रारम्भिक तथा स्थानीय निर्वाचन लक्षित ‘बुट क्याम्प’ प्रशिक्षण सुरु भएको छ ।
सर्लाही जिल्लास्थित हरिवनमा माण्डवीद्वारा आयेजित आइफीएस नेपालको प्राविधिक सहयोग, स्विस सरकारको विकास सहयोग, अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा मंगलबारबाट ‘बुट क्याम्प’ प्रशिक्षण सुरु भएको हो ।
उक्त प्रशिक्षणले स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास गर्दै अझ बढि आत्माविश्वास महशुस गर्न र आफ्नो भुमिकालाई प्रभावकारी ढंगबाट निवार्ह गर्न टेवा पुर्याउने आयोजक संस्थाको दावी रहेको छ ।
यसैगरी कार्यक्रममा सहभागी प्रशिक्षार्थीहले आफुहरु जिम्मेवारीको नेतृत्वमा रहँदा र आउँदो स्थानीय निर्वाचनमा महिलाको समान पहुँच स्थापित गर्न तालिम अर्थपुर्ण हुने भन्दै खुशी प्रकट गरेका थिए ।
चार दिनसम्म चल्ने प्रशिक्षणको सहजिकरण माण्डवीका प्रशिक्षक द्वय बनिता कार्की र समिर कुमार यादवले गर्नेछन् ।
माण्डवी सर्लाही शाखाका कार्यक्रम अधिकृत मनिल श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, हरिवन नगरपालिकाका ११ वडाकै महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया