जनकपुरधाम । आगामी वर्ष २०७९ देखि दशैँ विदा लम्बिएको छ ।
सरकारले दिन चाडपर्व विदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म विदा दिने निर्णय भएको छ ।
यसअघि एकादशीसम्म मात्रै विदा हुन्थ्यो । जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ विदा हुने भएको छ भने तिहारको विदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।
यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि विदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि विदा दिने निर्णय भएको छ । यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता विदा दिने गरेकामा सरकारले विदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।









तपाईको प्रतिक्रिया