जनकपुरधाम । मिथिला क्षेत्र प्रवद्र्धनका लागि जनकपुरधाममा श्री मिथिला महोत्सवको आयोजना हुने भएको छ ।
बुधबार जनकपुरधामस्थित आइडिया पिक्सलको आयोजनामा भएको पत्रकार सम्मेलनमा स्थानीय उत्पादनको संरक्षण, प्रर्वद्वन तथा विकासका लागि श्री मिथिला महोत्सव २०७८ को आयोजना हुने बताइएको हो ।
देश विदेशसहित विभिन्न स्थानका यस्ता महोत्सवहरु गर्दै आएको आइडिया पिक्सलले पहिलो पटक जनकपुरधामको बाह्र बिगहा यहि चैत २४ देखि ३० गते सम्म सात दिन महोत्सवको आयोजना गरिने आयोजक संस्था पिक्सलका अध्यक्ष पवनराज जोशीले उक्त पत्रकार सम्मेलनमा बताएका हुन् ।
महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिनुका साथै सातै दिन भारत सहित नेपाल तथा मधेश र मिथिला क्षेत्रका चर्चित कलाकार र गायकहरुको प्रस्तुती तथा पहलमानीसहित मनोरञ्जनात्मक कार्यक्रमहरु समेतको आयोजना गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपाली कलाकारहरु सन्दिप क्षेत्री, शिव परियार, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, शुनिल पण्डित सहित जनकपुरधामको मिथिला नाट्यकला परिषद्का कालाकारहरुको उपस्थिति रहने आयेजकले बताएका छन् ।
महोत्सवमा प्रवेश सशुल्क हुने भएकोले प्रवेश शुल्क न्यूनतम राखिएको आयोजक संस्थाका अध्यक्ष जोशीले बताएका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको समेत सहकार्य रहने उक्त महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योगका उत्पादनहरुको स्टलहरु राखिने संघका अध्यक्ष जितेन्द्र महासेठले बताए छन् । धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा उद्योगिक विकास, बजारको प्रवद्वर्नका लागि समेत यस्ता गतिविधिहरु आवयश्क रहेकाले आफुहरु सक्दो सहयोग गर्न लागेको महासेठले बताए ।
उक्त पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, पिक्सलका स्थानिय सहजकर्ता शंशाक सिंह, दिपेश यादव, शिव कुमार साह, राम सिंह, देव साह, प्रकाश कर्ण, अभिमन्यु यादव, रञ्जित यादव, सुरेन्द्र साहसहितको सहगागिता रहेको थियो ।









तपाईको प्रतिक्रिया