जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को लोहरपट्टी नगरपालिकामा ५५ सदस्यीय कमिटी गठनमा भएको छ ।
बुधबार लोहरपट्टी नगरपालिकास्थित लोसपाको सम्पन्न नगर अधिवेशनबाट अध्यक्ष रामसुहाग यादवसहित आठ पदाधिकारी र नौ सल्लाहकारसहित ५५ सदस्यीय कमिटी गठन भएको हो ।
नगर कमिटीको पदाधिकारीमा एक अध्यक्ष, तीन उपमाध्यक्ष, एक सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष चयन भएका छन् ।
उपाध्यक्षमा नसीव राईन, अर्जुन साह र शैलेन्द्रकुमार साह छन् भने सचिवमा शंकर साह, सहसचिवमा लालबाबु झा र नारद ठाकुर छन् । त्यस्तै कोषाध्यमा उसमान राईन चयन भएका छन् ।
उक्त अधिवेशनमा लोसपा वरिष्ठ नेता शरतंिसंह भण्डारी, प्रदेशसभा सदस्य जयनुल राईन, सुरिता साह, रानी शर्मा तिवारी लगायतको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया