काठमाडौं, चैत ७ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ।
बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएको छ। त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारे समेत बैठकमा छलफल हुने रिजालले बताए।
एमालेले पार्टीको स्थायी कमिटी बैठक बसेपछि मात्रै चुनावी एजेण्डा तय गर्नेछ। उम्मेदवार पनि त्यही बैठकपछि टुंगो लगाइनेछ। त्यस्तै यही चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दैछ भने १३ गते स्थायी कमिटीको बैठक बस्ने रिजालले जानकारी दिए।
पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।









तपाईको प्रतिक्रिया