बझाङ, चैत ९ । मदिरा सेवन गरी राति सुतेका एक पुरूष बिहान मृत फेला परेका छन्। मृत्यु हुनेमा कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ।
मंगलवार साँझ साथीहरू ‘लिची’ ब्राण्डको मदिरा सेवन गरेर सुतेका रामबहादुर बुधवार बिहान अबेर नउठेपछि उनका साथी किरण चौधरीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार जयपृथ्वी नगरपालिका-१० चौगाई टोलमा बस्दै आएका रामबहादुर एक महिनादेखि दरमुकाम चैनपुरमा मजदुरी काम गर्दै आएका थिए।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लाने तयारी गरिएको छ। रामबहादुरले बढी मदिरा बढी सेवन गरेकाले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।









तपाईको प्रतिक्रिया