जनकपुरधाम । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति तय भएदेखि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको नाम चर्चामा आइरहेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रत्यासीहरुका नाम चर्चामा आउन थालेको हो ।

यसै चार्चाको बिचामा धनुषा जिल्ला मुखियापट्टी मुसहरिनया गाउँपालिकामा अध्यक्ष पदमा नेपाली काँग्रेस क्षेत्र नं. ३ (१) का प्रदेशसभा सचिव कपिलदेव यादव चर्चामा आएका छन् ।

गाउँपालिका वडा नं. ४ फेचहा निवासी कपिलदेव यादव नेपाली काँग्रेसमा २२ वर्ष देखि निरन्तर लागिरहेका छन् । नेकाँ युवा नेता समेत हुन् ।

नेपाल विद्यार्थी संगठनबाट राजनीतिक यात्रामा लागेका यादवले विद्यार्थी आन्दोलनका लागि निरन्तर लडिरहेका छन् । नेवि संघ अन्तर्गतका विभिन्न आन्दोलनमसमेत होमिएका हुन्छन् ।

सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहेका यादवले कोराना काल पनि राहत वितरण कार्य गर्दै आएका छन् । ।

२०५८ सालदेखि नेपाल विद्यार्थी संगठनमा लागेका यादव विद्यार्थी आन्दोलनको क्रममा २२ औं पटकसम्म प्रहरी थुनामा समेत परेका छन् ।