TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा


वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा
ADVERTISEMENT

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ ।
विश्व प्रसिद्ध जनकपुरधामस्थित जानकी मन्दिरमा विद्युतीकरणको नाममा व्यापक अनियमितता भएको गुनासो बढेपछि अनुसन्धान


आयोग बर्दिबासले बुधबार छापा मारेको हो ।
अख्तियारको टोलीले बुधवार बिहान वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयवाट विद्युतीकरण सम्वन्धी फाइल नियन्त्रणमा लिइ जानकी मन्दिरमा भएको विद्युतीकरणको अनुगमनसमेत गरेको छ । वृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का वरिष्ठ प्रमुख

प्रशासकीय अधिकृत चिरञ्जीवी राज ढुङ्गानाले कार्यालयमाथि परेको उजुरीको आधारमा कागजातहरु अख्तियारको टोलीले लिएर गएको बताए ।

मधेश प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा वृहत्तर जनकपुर क्षेत्र विकस परिषद्लाई विभिन्न मन्दिरमा बत्ती जडान गर्न १२ करोड रुपैया बजेट उपलब्ध गराएको थियो । सो बजेटमा जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर पोखरी, स्वर्गद्वारी र बारास्थित गढीमाई मन्दिरमा विद्युतीकरण गर्न भनिएको थियो । तर बजेट अपुग भएको भन्दै जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमा मात्र विद्युतीकरण गरियो ।

मन्त्रालयले १२ करोड बजेट विनियोजन गरेकोमा वृहत्तरले ११ करोड ७४ लाख रुपैयाको एकमात्र टेण्डरलाई स्वीकृत गरेको थियो ।टेण्डरमा राखिएको स्पेसिफिकेशन नै सेटिंग अनुसार भएको ठेकदार कम्पनीहरुको आरोप छ । वृहत्तरले दाबी गरे अनुसार ४ सय ४७ थान चिम, सेक्युरिटी मेटल डिटेक्टर ४३ थान, सोलार स्ट्रीट लाईट १६ थान, स्ट्रीट लाइट ४८ थान, स्पीकर ७४ थान, ३० केभीएको स्टेपलाइजर र यूपीएस जडान गरिएकोछ ।

वृहत्तरले दाबी गरे अनुसारको कुनै काम मन्दिरमा भएको कतै देखिदैन् । जानकी मन्दिरमाथि एका तिर ९० लाख भन्दा बढी विद्युत् महसुल बाँकी रहेको छ । नेपाल विद्युत प्राधिकरणले पटक–पटक जानकी मन्दिरको बिजुली काट्दै आएको छ ।
मन्दिरको विद्युतीकरणमा अनियमितता भएको चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारले मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाको संयोजकत्वमा तीन सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको थियो । तर समितिले अहिले सम्म कुनै प्रक्रिया नबढाएको भन्दै अख्तियारमा उजुरी माथि उजुरी परेको थियो ।

विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई राख्न पहल भइरहेको बेला जिम्मेवार निकायले नै आर्थिक अनियमितताका लागि मौलिक संरचनामाथि आक्रमण गरेको छ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले जानकी मन्दिरको सौन्दर्यकरणको नाउँमा ११ करोड ७४ लाख खर्च गरेको दाबी गरेकोछ ।मन्दिरको भित्री भाग र पूर्व तर्फको भागमा ड्रिलले प्वाल गरी चिम लगाएको छ ।

झण्डै १ वर्ष हुन लाग्दा त्यो बत्ती बलेको छैन् । जानकी मन्दिर, सप्तरी जिल्लाको छिन्नमस्ता र वीरगञ्जको गहवामाई मन्दिरमा विद्युतीकरणका लागि वृहत्तरले १२ करोड रुपैया प्रदेश सरकारबाट हात पारेका थिए ।तर छिन्नमस्ता र गहवामाई मन्दिरमा विद्युतीकरण भएको छैन् । १२ करोडको टेण्डर हुँदा २ प्रतिशत मात्र घटेर ११ करोड ७६ लाखमा ठेक्का लागेको विद्युतीकरणको कामले वर्षासँगै जानकी मन्दिरको भित्ताको सुर्खी बग्न थालेको छ ।
विद्युतीकरणको नाउँमा जानकी मन्दिरको पौराणिक र ऐतिहासिक मौलिकतालाई समाप्त गरिने काम भएको जानकारहरु बताउँछन् । स्रोतहरुका अनुसार वृहत्तरले लेनदेनको भरमा पुरातत्व विभागको समेत स्वीकृति प्राप्त गरेको आशंका गरिएकोछ ।तर त्यसको आधिकारिक कागजातहरु सार्वजनिक गरिएको छैन् ।

वृहत्तरले टेण्डर सम्बन्धमा गरेका विभिन्न निर्णयहरु किर्ते रहेको परिषद्का पदाधिकारीहरुले जनाएका छन् ।परिषद्का सदस्य समेत रहेका महोत्तरी जिल्लाका औरही नगरपालिकाका मेयर सुनिल यादवले आफ्नो कुनै बैठकमा उपस्थिति नरहेको दाबी गरे । वृहत्तरले नियुक्त गरेका विज्ञ र ठेकदार कम्पनीको ईञ्जिनियर एकै जना रहेको कागजातबाट देखिन्छ ।

त्यसैगरी सोलारका लागि रकम निकासा भए पनि मन्दिर परिसरमा सोलार जडान गरिएको छैन् ।इन्र्भटर र यूपीएस पनि कतै देखिदैन् । संघीय सरकार मातहतको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई प्रदेश सरकारले मिलोमतोमा रकम उपलब्ध गराएको आरोप लाग्दै आएको छ ।

प्रदेश सरकारले वृहत्तर मातहतमा रहेको यात्री निवासलाई मर्मत संभारका लागि २ करोड रुपैया उपलब्ध गराएको तीन महिना नबित्दै सो यात्री निवासलाई मिलोमतोमा ठेक्का लगाइएको छ ।त्यसको पनि छानविन गर्न र होटेल सञ्चालन गर्न नदिन मटिहानी स्थानका मानमहन्थ जगरनाथ दासले माग गर्दै आएका छन् । प्रदेश सरकारले वृहत्तरलाई बजेट उपलब्ध गराएर जानकी मन्दिरको नाउँमा चरम आर्थिक अनियमितता गरेको देखिन्छ । साभार जनकपुर टुडे

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पहिरोपीडित २५ परिवारलाई लालपूर्जा हस्तान्तरण

पहिरोपीडित २५ परिवारलाई लालपूर्जा हस्तान्तरण

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य