काठमाडौं । लामो दूरीको सवारी साधनको भाडा बढ्ने भएको छ । सरकारले भाडा बढाउन सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आइतबार सूची निकाल्ने भएको छ ।
विभागका महानिर्देशक नवराज घिमिरेले भूगोल हेरी १० देखि १४ प्रतिशतसम्म लामो दूरीका सवारीसाधनको भाडा बढ्ने बताए । यस्तै उनले मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमका अनुसार मन्त्रीस्तरीय निर्णयले भाडा बढाउन सहमति दिएको छ भने ।
‘अहिलेको अवस्थामा पेट्रोल बढेकाले मूल्य बढाउन सहमति दिइएको हो,’ उनले भने, ‘अब विभागले नयाँ भाडादर सूची सार्वजनिक गरेको छ।’
महानिर्देशक घिमिरेका अनुसार हिसाब गरेर भाडा दर तय गर्ने बताए । उपत्यकाभित्र भने प्रदेश सरकारले निर्णय गर्नेछन् ।









तपाईको प्रतिक्रिया