जनकपुरधाम । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म सञ्चालन हुने रेल सेवाको आज उद्घाटन हुने भएको छ ।
उद्घाटनको तयारी पुरा भएसँगै भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट आज (शनिबार) दिउँसो १२ः१५ रेल सेवाको गर्ने कार्यक्रम रहेको छ ।
हैदरावादमा दुवै देशका प्रधानमन्त्रीले नेपाली र भारतीय झण्डा हल्लाएर रेलको उद्घाटन गर्नेछन् । उद्घाका लागि जनकपुरधाम र जयनगर रेल्वे स्टेशनलाई भव्य रुपमा सजाइएको छ ।
सो उद्घाटन समारोहमा भागलिन आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा र सञ्चारकर्मीसहितको टोली जयनगर ।
उद्घाटन पश्चात जयनगरबाट कुर्थासम्म पुगेर रेल पुनः जनकपुरधाम स्टेशनमा आएर औपचारिक समारोहलाई भौतिकमन्त्री यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतलगायत अथितिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेल्वे खण्डको सरसफाइ र स्टेसनहरूलाई चिटिक्क पारिएको छ भने जयनगरबाट जनकपुरतर्फ आउने रेललाई दुलही झै सिङ्गारिएको छ ।









तपाईको प्रतिक्रिया