जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले भारतमा जलप्रहरी सम्मानले सम्मानित कमला बचाउ अभियानका संयोजक विक्रम यादवलाई बधाई दिएका छन् ।
भारत सरकारको जल शक्ति मन्त्रालय, सरकारी टेलडटकम जल जीवन मिसनको संयुक्त आयोजनामा जल प्रहरी सम्मान समारोहमा यादव सम्मानित भएका थिए ।
विगत ४ वर्ष देखी कमला नदी सफाई लगायतको कार्यमा सक्रिय यादवले जल प्रहरी सम्मान प्राप्त गरेपछि मुख्यमन्त्री राउतले आफ्नै निवासमा गम्छा ओढाई बधाई दिएका हुन् ।
मधेश सरकारको स्वच्छता अभियानलाई सहयोग पुग्ने गरि कार्य गर्दै आएका यादव जलप्रहरी सम्मानबाट सम्मानित हुने मुलुककै पहिलो व्यक्ति हुन् । मधेश र देशकै नाम उच्च गरेकामा थप सफलताको कामना गर्दै कमला बचाउ अभियानमा मधेश सरकारको पनि सहयोग रहने प्रतिबद्धता समेत जनाएका छन् ।









तपाईको प्रतिक्रिया