जनकपुरधाम । सफल निर्माण व्यवसायीका रुपमा चिनिने चर्चित व्यक्ति बलराम महतोले जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जयनगर–जनकपुरधाम रेल्वे ट्र्याक निर्माण तथा नेपालको ऐतिहासिक धरोहर धरहरा पुन निर्माण गर्ने निर्माण कम्पनी रमण कन्स्ट्रक्सनका मालिक हुन् महतो ।
जनकपुरधास्थित शनिबार पत्रकार सम्मेलन मार्फत महतोले राजनैतिक दलका उम्मेदवारले पद पाएपछि आफ्नो र राजनीतिक पार्टीको स्वार्थ मात्र हेर्ने गरेकोले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूले स्वतन्त्र उम्मेदवार दिने बताएका छन् ।
पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ महतोले मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनैतिक पृष्ठभूमिभन्दा बाहिर रहेका महतोले अबको जिवन नगरवासीको सेवामा समर्पित गर्ने बताएका छन् । उनले भने,‘ फोहोरी नगर भनेर चर्चित भएको जनकपुरधामलाई स्वच्छ, सफा र हराभरा बनाउने छु,
उक्त पत्रकार सम्मेलनमा जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समेत बताएका छन् ।
धनुषा जिल्लास्थित रघुनाथपुरमा जन्मिएका महतोले चितवन रामपुरबाट शिक्षा हाँसिल गरी भरतपुर सिँचाई योजनामा १७ वर्ष कर्मचारीका ररुपमा काम गरे पश्चात २०४७ सालमा रमण कन्स्ट्रक्सनको स्थापना गरि तीन दशकदेखि सफल निर्माण व्यवसायीका रुपमा परिचित महतोले नगर प्रमुखमा स्वतन्त्रबाट चुनाव लड्ने भनेका छन् ।









तपाईको प्रतिक्रिया