जनकपुरधाम । शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल अहिले पनि हिन्दु राष्ट्र रहेको दाबी गरेका छन् ।
रामनवमीको अवसरमा जनकपुरधाम आएका सन्त शंकराचार्यले जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजित हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रममा बोल्दै नेपाल अहिले पनि हिन्दु राष्ट्र नै रहेको उद्घोष गरेका हुन् ।
धार्मिक ग्रहन्थहरुमा समेत नेपाल हिन्दु राष्ट्र भएको उल्लेख रहेकोले, कुनै नेता अथवा व्यक्ति विशेषले भनेर मात्र नेपाल हिन्दु राष्ट्र हुने भन्ने कुरामा नलाग्न र नेपाल हिन्दु राष्ट्र रहेकोमा सबैले गर्भ गर्नुपर्ने उनले बताए ।
सन्त शंकराचार्यले, नेपाल छिमेकी राष्ट्र चिनको अधिनमा नपुगोस् भनी सबैलाई सचेत समेत गराएका छन् । सबै धर्महरुको पूर्वज हिन्दुनै थिए र केहि समयपछि संसारका थुप्रै देशहरुले आफूलाई हिन्दु राष्ट्र घोषण गर्ने सन्त शंकराचार्यले दाबी गरे ।
सन्त शंकराचार्यले आधुनिक विज्ञानको खोज र सिद्धान्तहरु हिन्दु धर्मका विभिन्न वेद पुरान र पुस्तकहरुबाट लिएको दाबी गर्दै आजका वैज्ञानीकहरुले गर्ने खोज, हिन्दुधर्मका पुस्तकहरुमा लाखौं करोडौ वर्ष पहिला देखि उल्लेख रहेको र त्यही बाट पढेर विभिन्न खोजको नाम आज वैज्ञानिकहरुले दिँदै आएको बताए ।
उक्त कार्यक्रमम नेपाल लगायत भारतका विभिन्न स्थानबाट सन्त शंकराचार्यको दर्शनका लागि भक्तजनहरु सहभागि भएका थिए । उनी भोली पुनः भारत फर्किने कार्यक्रम रहेको छ ।









तपाईको प्रतिक्रिया