जनकपुरधाम । जनकपुरधाम काँग्रेसका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसलाई छाड्नु पर्ने अडान राखेका छन् ।
प्रमुख र उपप्रमुख कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर काँंग्रेस एक्लै निर्वाचनमा लड्ने पनि उनले घोषणा गरेका छन् ।
‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको प्रमुख र उपप्रमुख नेपाली काँग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्वीकार गरेको छ,’ नगर सभापति साहले भने, ‘ प्रमुख र उपप्रमुख नपाए काँग्रेस एक्लै निर्वाचनमा जानेछ ।’
उनका अनुसार २५ वटै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने काँग्रेसको मञ्जुरी रहनेछ । ‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले भने ।
गत निर्वाचनमा नगर प्रमुअमा पराजित भएका साहलाई पुनः प्रमुख पदमा उम्मेदवार बनाउने काँग्रेसको तयारी भइरहेको छ ।









तपाईको प्रतिक्रिया