जनकपुरधाम । असहाय संरक्षण मंच नेपालका अध्यक्ष बैधनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
साहले शनिबार पत्रकार सम्मेलनमार्फत आफु स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
साहले आफु १५ वर्षदेखि निश्वार्थ भावले नगरमा सरसफाईको काम गर्दै आएको भन्दै उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो पर्यटकीय स्थल बनाउन सकिने बताउँदै उनले आफु जिते यहाँ रहेको विभिन्न पोखरी, मठमन्दिरलाई सौन्दर्यकरण गर्ने र
जनकपुरधामलाई पर्यटकीय धामको रुपमा चिनाउने धारणा व्यक्त गरेका छन् । जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा चिनाउन सके युवाहरुले यही रोजगारी पाउने र विदेश जाने बाध्यता हट्ने समेत साहले उल्लेख गरेका छन् ।
जनकपुरधाममा केबल तथा स्थानीय टिभी सञ्चालन गर्दै आएका साहले आफु सेवक बन्नका लागि उम्मेदवारी दिन लागेको र निर्वाचित नभएपनि आफु सेवक नै भएर निरन्तर काम गरिरहने उनले बताए । उनले आफू जनकपुरधामको मेयर बन्न सफल भए समाज सेवा गर्न अझ बढी सहज हुने समेत बताएका छन् ।









तपाईको प्रतिक्रिया