जनकपुरधाम । पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।
झाको उपचारका क्रममा राति काठमाडौंमा निधन भएको लोसपाका नेताले जानकारी दिएका छन् ।
डिम्पल पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहेकी थिइन् । उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । डिम्पल लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।









तपाईको प्रतिक्रिया