जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले आग्रह गर्दा समेत मनोजकुमार साहले उम्मेदवारी फिर्ता लिएनन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसले जनकपुरधाम उपमहानगरपालिकामा काँग्रेसले गठबन्धन गरेको प्रति आपत्ति जनाउँदै नगर सभापति साहसहित करिब तीनसय जनाले काँग्रेसबाट राजीनामा दिँदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका साहले काँग्रसेले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निस्कासन गर्ने चेतावनी दिए पनि उम्मेदवारी फिर्ता लिएनन् ।
मनोज भने,‘पार्टीले के निष्कासन गर्छ ? मैले स्वयम पार्टी छोडिसकेको छु ।’ साहले गठबन्धन कुनै हालतमा नस्वीकार्ने बताउँदै आएका थिए । उनले आफूले बैशाख ९ गते नै औपचारिक रुपले पार्टी परित्याग गरिसकेकोले गठबन्धनको निर्णयले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया समेत दिएका छन् ।
गठबन्धनले जनकपुरधाममा मेयर पदको उम्मेदवार जनता समाजवादी पार्टी नेपालबाट लालकिशोर साहलाई बनाएको छ भने उपमेयरमा काँग्रेसका किशोरी साहलाई उम्मेदवार बनेका छन् ।









तपाईको प्रतिक्रिया