जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले लोहारपट्टी नगरपालिकामा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।
शनिबार उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै लोहारपट्टीमा लोसपाले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको हो ।
लोसपाका मेयर पदका उम्मेदवार रामसुहाग यादव (मुखिया), वडा नं ९ का अध्यक्ष पदका उम्मेदवार श्री नारायण यादवसहित हजारौ नेता कार्याकर्ताको साथमा उम्मेदवारहरु चुनावी प्रचारमा लागेका छन् ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तघरदैलो कार्यक्रमको पहिलो दिन वडा नं. ९ का अध्यक्ष पदका उम्मेदवार, उपमेयर पदकी उम्मेदवार वहिदा खातुन तथा विभिन्न वडाका सदस्यका उम्मेदवार सहित कार्यक्रम गरिएको छ ।









तपाईको प्रतिक्रिया