जनकपुरधाम । आज विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे यता राष्ट्र सङ्घको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (यूनेस्को)को आह्वान र संयोजनमा विश्वभर सञ्चार जगतले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ ।
मंगलबार जनकपुरधाममा नेपाल पत्रकार महासंघ धनुषा शाखाले प्रभातफेरी कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।
उक्त कार्यक्रममा पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाले,‘पत्रकारले स्वतन्त्र भएर काम गर्नुपर्ने बताउँदै स्थानीय तहको निर्वाचान नजिकिदै गर्दा निष्पक्ष भएर समाचार लेख्न पत्रकारहरुलाई आग्रह समेत गरेकी छिन् । उनले अहिले दलिय पत्रकारिा गरेपनि निर्वाचनको भोलीपल्ट पुनः पत्रकारकै रुपामा चिनीनु पर्ने हुँदा निष्पक्ष, तटस्थ र स्वतन्त्र भएर समाचार सम्प्रेसण गर्न संचारकर्मी तथा संचारमाध्यमलाई आग्रह समेत गरिन् । साथै पत्रकार महासंघले पत्रकारहरुको क्रियाकलाप माथि निगरानी गरी मुल्यांकन समेत गर्ने बताएकी छिन् ।
उक्त कार्यक्रममा धनुषा पत्रकार महासंघकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया