जनकपुरधाम । नेपाली काँग्रेसले देशका प्रमुख १० शहरमा गत बुधबारदेखि नै चुनावी सभा आयोजना गर्न सुरु गरेको छ ।
सोही अनुरुप आज शनिबार जनकपुरधाममा चुनावी सभाको आयोजना हुन लागेको हो ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा सभा आयोजना गरिएको थियो भने २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा चुनावी सभा सम्पन्न भइसकेको छ ।
आज बुटवल, तनहुँको दमौली र जनकपुरधाममा काँग्रेसले चुनावी सभाको आयोजना गर्न लागेको छ ।
आज दिउँसो जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना हुने चुनावी सभालाई काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, सह महामन्त्रीद्वय भिष्मराज आंगदम्बे र महेन्द्र यादवलगायतका नेताहरुले सम्बोधन गर्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी सभामा भाग लिनेछन् ।
जनकपुरधाम उपमहानगरमा सत्ता गठबन्धन अन्तर्गत मेयर जसपाको भागमा परेको छ भने उपमेयर काँग्रेसको भागमा परेको हो । जसपाबाट मेयरमा लालकिशोर साह र उपमेयरमा काँग्रसका किशोरी साहको उम्मेदवार रहेका छन् ।
काँग्रेसले २५ वैशाखमा पोखरा र तुलसीपुरमा, २६ वैशाखमा धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गर्ने भएको छ ।









तपाईको प्रतिक्रिया