जनकपुरधाम । जनकपुरधाममा निर्वाचनको सम समयमा अधिक चर्चा बटुलन सफल भएका मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले आफु विरुद्व अर्का मेयरका स्वतन्त्र उम्मेदवार जानकीराम साहका मान्छेहरु एकपछि अर्को षड्यन्त्रहरु गर्न थालेको बताएका छन् । ‘जित सुनिश्चित हुने देखेपछि उम्मेदवार बन्न अयोग्य भएका चुनावी अभियानमा साहसंगै घुम्ने गरेका एक व्यक्तिले भारतीय पत्रकार प्रयोग गरि श्री राम जानकी सुडी कुट्टी सम्बन्धि गलत समाचार सम्प्रेषण गर्न लगाएको महतोको दावी छ ।
केहि दिन पहिला सम्म भेटेर र फोनमा पनि तपाई जस्तो मान्छे आउनु पर्छ भन्दै मेरो हौसला समेत बढाएको ति पत्रकार त्यसपछि सम्पर्क गर्न छाडेको उनको भनाई छ । आफ्नो उम्मेदवारी घोषणाको दिन ति पत्रकारले आफुलाई सम्मान समेत गरेको उनले स्मरण गरे । उनले जानकी मातालाई साक्षी राखि आफु जनकपुरधाममा राजनिति भन्दा पनि सेवा गर्ने मनशायले आएको र जनताको झुकाव आफु तिर देखेपछि विपक्षीले षडयन्त्र गरिरहेको महतोले बताए ।
आफुले भाषणको क्रममा श्री राम जानकी सुडी कुट्टी जनकपुरधाममा ५१ लाख लगानी गरेको कहिल्यै नभनेको बताउदै उनले आफुले भने अनुसारको लगानी गरेको बताए । मैले २५ देखि ३५ लाख सम्मको लगानी भन्ने गरेको छु र गरेको पनि हँ,ु म अहिले पनि भन्छु, महतोले भने ।
सुडी कुट्टीका पुर्व अध्यक्ष भन्दै भोलानाथ महतो, कामेश्वर साह र हरि राउतको नाम उल्लेख गरि तपाईले ५१ ह्जार मात्र सहयोग गरि ५१ लाखको भाषण गरेको आरोप छ नि ? भन्ने प्रश्न पछि संचाकर्मी कै अगाडि महतोले तिनैजनासंग कुराकानी गरेको र उनीहरुले आफुले त्यसो कुनै पनि पत्रकारलाई अभिव्यक्ति नदिएको बताएका छन् ।
महतोले भने, ‘म झुठो होइन, ईट्टा, बालुवा, सिमेन्ट सहित बजारमा बाँकी रहेको बक्यौता सबै जोड्ने हो भने मेरो अहिले सम्म कुट्टीमा करिव ४५ लाखको लगानी छ म अहिले पनि भन्छु ।’ आफु विरुद्व समाजिक सञ्जालमा एउटै व्यक्ति पटक पटक विभिन्न षड्यन्त्र गरिरहेकाले भ्रममा नपर्न उनले सबैमा आग्रह् गरेका छन् ।









तपाईको प्रतिक्रिया