जनकपुरधाम । जनकपुरधाममा चुनावी प्रचार प्रसारको अन्तिम दिन उम्मेदवारहरुले आफ्नो सम्पूर्ण शक्ति खर्चेका छन् । मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने भएपछि चुनावी प्रचार प्रसार गर्न नमिल्ने भएकोले अन्तिम दिन जनकपुरधाममका उम्मेदवारहरुले आफ्नो सम्पूर्ण शक्ति प्रचार प्रसारमा खर्चेका हुन् ।
दलहरुले बाजा गाजासहित भव्य रैली निकालेर शक्ति प्रदर्शन गरेका छन् । नाच गानका साथै निस्केको रैलीको माध्यमले उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउने प्रयास गरेका छन् । दलहरुको उक्त रैलीमा हजारौको संख्यामा समर्थकहरुको सहभागिता रहेको देखिन्छ ।

त्यसै क्रममा स्वतन्त्र उम्मेदवार बलराम महतोको शक्ति प्रदर्शनमा समेत उल्लेख्य संख्यामा समर्थकहरुको भीड देखिएको थियो । स्वतन्त्र उम्मेदवार महताले आफ्ना समर्थक सहित नगरभरी परिक्रमा गरेका थिए । आफ्नो हरेक मन्तव्य जस्तै उनले फेरी आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले आफूले निर्माण व्यवसायीको रुपमा गरेका कामहरुमा उपमहानगरले वैमनस्यता देखाएका कारण दुर्दशा भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूलाई चुन्न फेरी अपिल गरे । आफूलाई भौतिक संरचना निर्माण कार्यको अनुभव रहेकाले यस क्षेत्रमा राम्रो काम गर्ने दावी समेत गरे । यसका साथै अन्य क्षेत्रको विकासका लागि विज्ञहरुको सल्लाह अनुसार काम गर्ने बताए ।









तपाईको प्रतिक्रिया