जनकपुरधाम । शहीदनगरमा मतदाताको इच्छा विपरित सहायक मतदान अधिकृतले छाप लगाएपछि उत्पन्न भएको विवादले स्थगति भएको मतदान पुनः सुचारु भएको छ ।
शुक्रबार धनुषाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा ७० वर्षीया दृष्टिविहिन दुखी साहको इच्छा विपरित सहयक मतदान अधिकृतले छाप लगाएको विषयमा उत्पन्न भएको विवादपछि स्थागित भएको मतदान पुनः शुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीप क्षेत्रीले धनुषाको शहीदनगर नगरपालिकाको वडा नम्बर १ को कुम्भकर्णस्थित मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको बताए ।
मतदाताको इच्छा विपरित मतदान गरेको मतपत्र बदर गर्ने निर्णय गरिएको छ । अहिले उक्त मतदान केन्द्रमा अवरुद्ध भएको मतदान सुचारू भएको छ ।









तपाईको प्रतिक्रिया