बझाङ, बैशाख ३१ । बझाङको जयपृथ्वी नगरपालिका–७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुनः मतदान हुने भएको छ। प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सुनिपिपल मावि केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ।
शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवाद भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो। उक्त मतदान केन्द्रमा ढुंगामुढा, हुलदंगासहित मतपेटिका फुटाएपछि मतदान अर्को सूचना नहुँदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो।
केदारस्युँ गाउँपालिका–४ स्थित जगन्नाथ मावि शैन्सु केन्द्रमा विवाद भएका कारण स्थगित भएको निर्वाचन जेठ २ गते पुनः हुने जिल्ला निर्वाचन कार्यालय बझाङले जनकारी दिएको छ। विवादका कारण स्थगित गरिएको सुर्मा गाउँपालिका–२ को आधाबगर मावि डोगडी र वडा नम्बर ३ को कृष्ण प्राविको भने पुनः मतदान गर्ने मिति तोकिएको छैन।










तपाईको प्रतिक्रिया