जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सचिव एवं प्रतिनिधि सभा सदस्य रघुबीर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको मौन अवधिकमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न माग गरेका हुन् ।
बैशाख २९ गतेका दिन आफू जनकपुरधाममा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू र पूर्वमन्त्री जुली महतोमाथि लगाइएको आरोपप्रति आपत्ति जनाए । उनले धनुषाका प्रहरी अधिकारीहरुको भूमिका पनि शंकास्पद रहेको भन्दै सोको समेत छानबिन गर्नुपर्ने बताए छन् । संवैधानिक निकाय जस्तो जिम्मेवार पदमा बसेर अन्सारीले राजनीति खेल खेल्नु पदीय मर्यादा विपरित रहेको समेत उनले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित एमालेबाट जनकपुरधामको उपमयेर पदका उम्मेदवार रुना झाले समेत आफूलाई सोही दिन पार्टीको विषयमा बैठक भनेर बोलाइएको तर, त्यहाँ पार्टीका अग्रजहरु त्यहाँ नरहेको र जनकपुरधामका मेयर पदका स्वतन्त्र उम्मेदवार जानकीराम साहको उपस्थिति त्यहाँ रहेको उनले बताइन् । त्यसपछि तत्काल त्यहाँबाट उनी बाहीर निस्केको बताइन् ।
एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार मोती राइन कवारीले आफूलाई समेत पार्टीकै बैठक भनेर बोलाइएको बताए ।









तपाईको प्रतिक्रिया