काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना गर्ने क्रम जारी छ ।
दिउँसो ४ बजेसम्मको मतगणनामा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा २८ सय २८ मत खसेको छ । दोस्रो स्थानमा रहनुका नेकपा (एमाले) का केशव स्थापितले १४ सय ३८ ल्याउएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० मत ल्याएकी हुन् ।
महानगरको प्रमुख पदमा उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको पक्षमा २७६, स्वतन्त्र उम्मेदवार सुमन सायमीको २७७ मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, प्रमुखमा निर्वाचन चिह्नहरु कलममा १२, तराजुमा ४२, खड्गमा पाँच, सुगामा एक, तीरमा सात, सांचोमा एक, किताबमा चार, आधा खोसेलो निकालिएको मकैको घोगामा एक, पुतलीमा एक र रिक्सामा एक मत परेको छ ।
महानगर उपप्रमुखमा गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको ८२३, एमालेको सुनिता डंगोलको २८ सय ८४, राप्रपाका बिनिता मगैयाको ६७० मत परेको छ । यस्तै, निर्वाचन चिन्ह मादलमा एक, हसिया र तारामा एक, कमलको फूलमा तीन, खड्गमा एक, क्यापमा १९, अर्नामा २ र आँखीझ्यालमा २९६ मत परेको छ ।
महानगरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना जारी छ ।









तपाईको प्रतिक्रिया